२०८१ कार्तिक ६, २०:५०
#खेलकुद #ब्रेकिङ न्युज

उपाधिका लागि काँकरभिट्टा एफटिसी र होक्से युथ क्लब भीड्दै

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र होक्से युथ क्लब मैदानमा उत्रिदैँछन् ।
नकलबन्दा समाज विकास समितिको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा जोरसिमल फुटबल क्लबलाई हराउँदै काँकरभिट्टा एफटिसी र तुर्केनी फुटबल क्लबलाई हराउँदै होक्से युथ क्लबले फाइनलको यात्रा तय गरेका हुन् ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । मेचीनगर–५, मेची आधारभूत विद्यालयको खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको बेस्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलरक्षक, हाइस्कोररले नगद २ हजारसहित ट्रफी मेडल पाउनेछन् ।
प्रतियोगितामा भारतका २ वटा टिमसहित १६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास समिति, थण्डर्स फुटबल क्लब, एकता युनाइटेड ताराबारी, जोरसिमल फुटबल क्लब, देविगञ्ज फुटबल क्लब, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, इटाभट्टा फुटबल क्लब, बाहुण्डाँगी युथ क्लब, सलकपुर फुटबल क्लब, तुर्केनी फुटबल क्लब, धुलाबारी ट्रेनिङ सेन्टर, डि.एफ.सी, यलम्बर फुटबल क्लब, मगर टोला युथ संघ निरपानी, लक्ष्मीधाप स्पोर्टस् क्लब बुट्टाबारी र होक्से युथ क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा झापा क्षेत्र नम्बर १ (क)का प्रदेश सभा सदस्य माननीय गोपाल तामाङको प्रमुख आतिथ्यता रहने जनाएको छ । १ बजेबाट शुरु हुने समापन कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने आयोजक समितिको खेल संयोजक भक्त गुरुङले जानकारी दिए ।

उपाधिका लागि काँकरभिट्टा एफटिसी र होक्से युथ क्लब भीड्दै

झापामा आगलागी हुदा एक बालकको मृत्यु

उपाधिका लागि काँकरभिट्टा एफटिसी र होक्से युथ क्लब भीड्दै

झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य

Leave a comment

Your email address will not be published. Required fields are marked *