२०८१ कार्तिक ७, ०१:१४

समृद्धि प्रतिष्ठान नेपालको आयोजकमा शान्तिगाउँमा निशुल्क आँखा शिविर सम्पन

मेचीनगर-समृद्धि प्रतिष्ठान नेपालको आयोजनामा काकडभिट्टा आई केयर सेन्टरले निशुल्क आँखा शिविर सम्पन गरेको छ।

आज मेचीनगर ६ शान्तिगाउँ स्थित आफ्नै कार्यलयमा उक्त शिविर सम्पन्न भएकाे हाे। निशुल्क आँखा शिविरमा ४५ जना भन्दा बढीले सेवा लिएका थिए।

काकडभिट्टा आई केयर सेन्टर तर्फबाटआफ्नाे प्रतिनिधित्व गर्दै युवा व्यवसायी समेत रहेका निर्मल निरौलाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पुनर्स्थापना केन्द्रमा रहेका हरेकलाई नियमित स्वास्थ जांच जरुरी रहेको कुरामा जोड दिनुपर्ने बताउनुभयो। सोही क्रममा ४५ जना मध्येका जटिल प्रकारका समस्या देखिएका बिरामीहरुको निशुल्क उपचार गरिदिने प्रतिबद्धता समेत जनाउनुभयाे।

त्यस्तै सस्थाका उपाध्यक्ष सन्जिब राईले हाम्रो नारा नै WE CARE भन्ने रहेकाे र हामीले प्रतिष्ठानमा रहेका सबैलाई असल संस्कार साथै सन्तुलित भोजनको ब्यवस्था पनि गरिरहेको बताउदै काकरभिट्टा आई केयर सेन्टरलाई धन्यबाद समेत दिनुभयो।

काकरभिट्टा आई केयर सेन्टरले मेचीनगरकाे विभिन्न ठाउमा निशुल्क आँखा शिविर सन्चालन गर्दै आएकाे छ।आज भएको निशुल्क आँखा शिविरमा अस्पतालको तर्फबाट प्रतिनिधित्व डा प्रज्जवल भट्टराईले गर्नुभएको थियाे।

देशभर दादुराविरुद्ध खोप अभियान सञ्चालन हुने

समृद्धि प्रतिष्ठान नेपालको आयोजकमा शान्तिगाउँमा निशुल्क आँखा शिविर सम्पन

झापामा जंगली हात्तीले दुईवटा घर भत्कायाे

Leave a comment

Your email address will not be published. Required fields are marked *