२०८१ कार्तिक ६, २०:५०

कानुन मन्त्री राईद्वारा काँकडभिट्टा पर्यटन कार्यालय अनुगमन

झापा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले झापास्थित पर्यटन कार्यालयको छड्के अनुगमन गरेका छन् ।

मन्त्री राईले बिहीबार पूर्वी नाका काँकडभिट्टास्थित पर्यटन कार्यालय मेचीनगरको अनुगमन गरेका हुन् । उनी अनुगमनका लागि कार्यालय पुग्दा कर्मचारीहरू कामका लागि फिल्डमा गएका थिए ।

उनी कसैलाई जानकारी नदिई आकस्मिक रूपमा कार्यालयको छड्के अनुगमन गर्न पुगेका थिए । यो कोशी प्रदेश मातहतको पर्यटन कार्यालय हो ।

मन्त्री राईले विगत देखिनै अनुगमनलाई तीव्रता दिँदै आएका छन् । उनले प्रदेश सरकार मातहतका विभिन्न सरकारी कार्यालयहरूको अनुगमन गरिसकेका छन् ।

देशभर दादुराविरुद्ध खोप अभियान सञ्चालन हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *