२०८१ कार्तिक ६, १६:१९
#सूचना

। मेचीनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री र चालक गम्भीर घाइते

मेचीनगर । मेचीनगर-७ आयबारीस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राती मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री र मोटरसाइकल चालक गम्भीर घाइते भएको छन् ।

दुर्घटनामा परी घाइते हुनेमा पदैल यात्री मेचीनगर-७ सतिघट्टाका रुपक घिमिरे र मोटरसाइकल चालक मेचीनगर-८ का बिमस अधिकारी रहेको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।ट्राफिक प्रहरीका अनुसार इटाभट्टाबाट काँकरभिट्टा जादै गरेको मे ९ प १६०७ नम्बरको मोटरसाइल दुर्घटनामा परी घाइते भएका दुवैजनाको बिर्तामोडको बिएण्ड सी अस्पतालमा उपचार भईरहेको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका पदैल यात्री घिमिरेको टाउकोमा चोट र दाइने खुट्टा भाचिएको छ भने मोटरसाइकल चालकको भने टाउकोमा चोट लागेको अस्पतालले जानकारी दिएको छ ।

मोटरसाइकल अस्थायी प्रहरी पोष्ट इटाभट्टाको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी जवान बिदुर बनले जानकारी दिए ।

। मेचीनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री र चालक गम्भीर घाइते

यस वर्ष सबैको चासो घैलाडुब्बा शिवालय मन्दिर

Leave a comment

Your email address will not be published. Required fields are marked *