२०८१ कार्तिक ७, १५:१७
#ब्रेकिङ न्युज

मेचीनगरका जनप्रतिनिधिसँग सुरक्षित आप्रवासन अन्तरक्रिया सम्पन्न

मेचीनगर । सुरक्षित वैदेशिक रोजगारीका लागि मेचीनगरका जनप्रतिनिधिसँग सुरक्षित आप्रवासन (सामी) ले अन्तरक्रिया सम्पन्न गरेको छ ।मंगलवार मेचीनगर नगरपालिका कार्यालयको सभाहलमा सुरक्षित वैदेशिक रोजगारीका लागि मेचीनगरका जनप्रतिनिधिसँग सामीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।अन्तरक्रिया कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम अधिकृत रोहित विश्वकर्माले मेचीनगरका जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रम अधिकृत विश्वकर्माले स्थानीय तहले गर्ने काम र अधिकारका विषयमा जनप्रतिनिधिलाई जानकारी गराएका थिए । उनले पालिकाले गर्न सक्ने कामका विषयमा अवगत गराएका थिए । पालिकाले सुरक्षित आप्रवासन सम्बन्धि नीति तथा कार्यक्रम तय गर्ने, हरेक क्रियाकलापमा जनप्रतिनिधिको सहभागिता र अनुगमन गर्ने, वैदेशिक रोजगारी र रोजगारबाट सकेर आएकाहरुको तथ्याङ्क विवरण राख्ने र अध्यावधिक गर्नेलगायतका काम स्थानिय तहले गनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणि ओली, मेचीनगर–२ का वडाध्यक्ष दिपक वराल, लाभाग्राहीका तर्फवाट मीना बराल, अम्विका भण्डारी लगायतले बोलेका थिए ।मेचीनगर सामाजिक विकास शाखाका प्रमुख हृदय राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र वुढाथोकी रहेका थिए भने कार्यक्रमको सञ्चालन रोजगार परमार्शदाता फडिन्द्रप्रसाद दाहालले गरेका थिए ।

झापामा लो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *