२०८१ कार्तिक ७, १५:२३
#खेलकुद #ब्रेकिङ न्युज

जोरसिमल र तुर्केनी फुटबल क्लब सेमिफाइनलमा

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा जोरसिमल र तुर्केनी फुटबल क्लबले स्थान पक्का गरेका छन् । मेचीनगर–५, मेची आधारभूत विद्यालयको खेलमैदानमा मंगलबार सम्पन्न क्वाटरफाइनल खेलबाट जोरसिमल फुटबल क्लब र तुर्केनी फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
पहिलो खेलमा जोरसिमल फुटबल क्लबले आयोजक नकलबन्दा समाज विकास समितिलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । जोरसिमलका लागि निर्णय मेचेले २ गोल गरे भने अरुण मेचेले एक गोल गरे । निर्णय मेचेले १९ औँ र २० औँ मिनेटमा गोल गरेका थिए । आयोजकका तर्फबाट मनिष तामाङले २२ औँ मिनेटमा गोल फर्काए पनि पर्याप्त भएन । खेलको म्यान अफ द म्याच जोरसिमलका मनोज तामाङ घोषित भएसँगै नगद १ हजार र ट्रफी हात पारे ।
दोश्रो खेलमा धुलाबारी फुटबल टे«निङ सेन्टरलाई १ का विरुद्ध ४ गोल गर्दै तुर्केनी फुटबल क्लब विजयी बन्यो । तुर्केनीका लागि सन्तोष परियारले ३ गोल गरेका थिए भने रमेश क्षेत्रीले १ गोल गरे । सन्तोष परियारले ४० औँ, ४५ औँ र इञ्जुरी समयमा १ गोल गरे । धुलाबारीका लागि सन्दिप खवासले एक गोल गरे । म्यान अफ द म्याच सन्तोष परियारले नगद १ हजार तथा ट्रफी प्राप्त गरे ।
बुधबारको पहिलो क्वाटरफाइनल काँकरभिट्टा फुटबल ट्रेनिङ र इटाभट्टा फुटबल क्लबबीच हुने र दोश्रो खेल यलम्बर फुटबल क्लब र होक्से युथ क्लबबीच हुने आयोजक समितिको खेल संयोजक भक्त गुरुङले जानकारी दिए ।

जोरसिमल र तुर्केनी फुटबल क्लब सेमिफाइनलमा

नेपालीहरूले अब सजिलै भारतीय सिम कार्ड किन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *