२०८१ कार्तिक ६, २०:५७

नेपालीहरूले अब सजिलै भारतीय सिम कार्ड किन्न पाउने

झापा-नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो। भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।

भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका हुन्। त्यस्तै भारतस्थित नेपाली दूतावासले जारी गरेको फोटोसहितको प्रमाणपत्रले पनि सिम कार्ड खरिद गर्न सकिनेछ।

भारत भ्रमणमा गएका नेपालीले सिम कार्ड नपाउँदा सास्ती भोग्दै आएका थिए। सिम कार्ड नपाएर सास्ती भोग्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासमा नेपालीहरूले गुनासो टिपाएका थिए। दिनहुँ गुनासो आउन थालेपछि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालीहरूका लागि सिम कार्ड वितरणमा सहजता प्रदान गर्न भारत सरकारसँग पहल गरेका थिए।

राजदूत श्रीवास्तवको निरन्तर प्रयासपछि भारत सरकारले नेपाली र भुटानी नागरिकका लागि सिम कार्ड वितरणमा सहजता ल्याएको हो।

नेपालीहरूले अब सजिलै भारतीय सिम कार्ड किन्न पाउने

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव भोलिदेखि

नेपालीहरूले अब सजिलै भारतीय सिम कार्ड किन्न पाउने

जोरसिमल र तुर्केनी फुटबल क्लब सेमिफाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *