२०८१ कार्तिक ६, १८:२०
#ब्रेकिङ न्युज

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव भोलिदेखि

मेचीनगर । नर्थ प्वाइन्ट अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल उत्सव–२०८० बुधबार (भोलि) देखि सुरु हुने भएको छ । फागुन ९ देखि ११ गतेसम्म सञ्चालन हुने वार्षिक खेल उत्सव मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा सम्पन्न हुनेछ ।

विद्यालयले खेल उत्सव अन्तर्गत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मको एथलेटिक्स (कक्षागत) रुपमा खेलाइने जानकारी गराइएको छ । कक्षा ६ देखि १० सम्म अन्तर सदन क्रिकेट, फुटबल, भलिबल, रुविक क्युव प्रतियोगिता हुनेछ । भलिबल, फुटबल प्रतियोगिता अन्तर छात्र–छात्राको हुनेछ भने क्रिकेट अन्तर छात्र प्रतिष्पर्धा हुने विद्यालयका प्रिन्सिपल हरि अधिकारीले बताए ।

 

विजेता तथा उपविजेता सदन तथा विद्यार्थीले ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदमा सहभागी गराई खेलाडी उत्पादन तथा खेलकुदप्रति सक्रिय सहभागिता गर्ने उद्देश्य रहेको विद्यालयका सहायक प्रिन्सिपल विकास श्रेष्ठले जानकारी दिए ।

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव भोलिदेखि

नेपाली पत्रकारिताको बिकासक्रम र चुनौतीहरु

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव भोलिदेखि

नेपालीहरूले अब सजिलै भारतीय सिम कार्ड किन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *