नेपाली पत्रकारिताको बिकासक्रम र चुनौतीहरु
नेपाली पत्रकारिताको इतिहासलाई हेर्ने हो भने अन्य मुलुकको तुलनामा धेरै नै पछि मात्र नेपालमा पत्रकारिता को बिकास भएको पाइन्छ।नेपाल बाट प्रकाशित भएको प्रथम पत्रिकाको रूपमा सुधासागर´लाई लिईन्छ भने नेपाली भाषामा पहिलोपटक प्रकाशित भएको पत्रिकाको रूपमा गोर्खा भारत जीवन´लाई लिईन्छ। यो पत्रिका भारतको बनारसबाट बि.सं १९४१मा मोतीराम भट्टद्वारा प्रकाशित भएको थियो।
नेपाली पत्रकारिता क्षेत्रकाे प्रारम्भको श्रेय पनि उनैलाई जान्छ। नेपालमा छापाखाना भित्रिएको झन्डै पाँच दशक पछि मात्रै पत्रिका प्रकाशन सुरु भएको थियो । नेपालमा पहिलोपटक छापाखाना स्थापना राणाकालिन प्रधानमन्त्री जंग बहादुर राणाद्वारा भएको थियोे बि.सं १९०८ मा बेलायत भ्रमणबाट फर्कदा उनले हाते प्रेस लिएर आएका थिए ।त्यस हातेप्रेसमा गिद्द्धको स्वरुप अङ्कित लोगो भएकाले ‘गिद्द्धे प्रेस’ नाम रहन गयो र त्यसै समयबाट नेपालमा आधिकारिक रूपमा छापाखानाले प्रवेश गरेको थियो। नेपालमा छापाखानाको बिकास पनि धेरै नै ढिलो भएको हो।छिमेकी भारतमा छापाखाना भित्रिएको झन्डै तीन सय बर्ष पछि मात्र नेपालमा प्रेसको स्थापना भएको थियोे। नेपालमा पत्रकारिताले प्रवेश गरेको १२० बर्ष भन्दा बढी भैसकेको छ।
राणाकालिन शासकालबाट नेपालमा प्रवेश पाएको पत्रकारिता आजको दिन सम्म आईपुग्दा निकै परिवर्तन भैसकेको छ। तिब्र रूपमा फड्काे मारेको प्राबिधिक बिकास संगै नेपाली पत्रकारिता क्षेत्रमा पनि परिवर्तन आएको छ। ईन्टरनेटको सुबिधा संगै विभिन्न डिजिटल प्लेटफर्मको बिकास भए संगै अरु थुप्रै नयाँ अवसरको पनि सृजना भएको छ। तर नया अवसर सङै संजाल प्रयोगकर्ताको स्वतन्त्रताका कारण यसकाे दुरुपयोग पनि बढी रहेको छ । पत्रकारिताको नाममा अमर्यादित ढङगले जथाभावी र जस्तोसुकै विषयबस्तुलाई समेटेर समाचार बनाउने प्रवृत्ति बढी रहेको छ । जसकारण पत्रकारिता प्रति जनमानसको दृष्टिकोणमा पनि नकारात्मक प्रभाब परिरहेको छ। पत्रकारिता सदैव निस्पक्ष र विस्वस्निय हुनुपर्छ। कुनै पनि ब्यक्तिगत स्वार्थ र प्रलोभनमा नपरी सत्य तथ्य घटनामा आधारित रहेर सूचना प्रवाह गर्नु नै पत्रकारिताको मुख्य धर्म हो।
व्यावसायिक दृष्टिकोणबाट हेर्ने हो भने पत्रकारिता एउटा सेवामुलक व्यावसाय हो तर प्राविधिक बिकास सङ्गै शक्तिशाली बन्दै गएका विभिन्न सामाजिक संजालका कारण पत्रकारिता क्षेत्रमा पनि प्रतिस्पर्धात्मक वातावरण सृजना भएको छ जसकाे फलस्वरूप पत्रकारिताको परिभाषा नै फेरिदै गइरहेको छ। संचार व्यवसायमा बढ्दै गएको प्रतिस्पर्धा र सामाजिक संजालहरुका बिकास दुबै पत्रकारिताको चुनौतीको रूपमा देखा परिरहेको छ।एकातिर असीमित संख्यामा सन्चालनमा आएका सन्चार माध्यमले ल्याएको प्रतिस्पर्धाका कारण सूचना र विविध घटनाको आवश्यक अध्ययन बिना केवल जानकारीको भरमा समाचार लेख्ने प्रवृत्ति बढेको छ।
यस्ता प्रकारका समाचारमा न्याय र निस्पक्ष्यताको अभाव हुन्छ जुन पत्रकारिताको धर्म बिपरित हो। अर्कोतर्फ सामाजिक संजालले सन्चार माध्यमको ठाँउ लिदै छ। हरेक नागरिकको पहुँचमा रहेको र क्षण भरमै सूचना आदानप्रदान गर्न सकिने सजिलो माध्यम भएकाले सामाजिक संजाल सूचनाको श्रोतको रूपमा पनि प्रयोग हुन थालेको छ।सामाजिक सन्जालमा अन्य सन्चार माध्यम भन्दा पनि तीव्र गतिमा सूचना फैलिने भएकाले पनि अन्य सन्चारमाध्यमहरु ओझेलमा पर्दैछ्न्।यसरी ओझेलमा पर्नु भनेको गम्भीर समस्या हो। किन ओझेलमा पर्याे त भन्ने विषयमा सम्बन्धित निकाय र सरोकारवालाहरु बेलैमा चासो दिन जरुरी देखिन्छ।
लेखक -अशाेक दाहाल,सुरुंगा