२०८१ कार्तिक ६, १६:१९

आर्थिक सहयोग गरी जीवन बचाइदिन शिक्षिकाकाे चुनादेबी सुवेदीको अपिल

बिर्तामोड । आर्थिक अभावले पुर्णउपचार नपाएर हस्पिटलको `वेड´ बाट बाहिरिन बाध्य भएकी चुनादेबी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छ्न् ।

अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाखबढी खर्च भएपनि थप औंषधिसहित उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अपिल गरेकी हुन् । उपचारका क्रमश चल्दैथियो । हातको हड्डीमा इन्फेक्सन भएकाले उपचारमा संलग्न चिकित्सकले पनि नजान भनेको थियो, `के गर्नु आफुलाई चिनेजानेकाहरुले गरेको सहयोगले नपुगेर १८ लाख जती ऋण नै गरिसकें त्यो रकमले नपुग्ने भएपछि ६ पटकसम्म अप्रेसन गरेको सिथिल शरीर लिएर हस्पिटल कक्षबाट आइतबारदेखि कोठामा छु´-भाबुक हुँदै चुनादेबीले भनिन् ।

इलामको देउमाई-२ स्थितमा कोठामा बस्दै आएकी सुवेदी २०८० साउन २६ गते शुक्रबार अपरान्हमा ढोकामा लगाएको पर्दा निकाल्न मुढामा चडेकी थिइन् । मुडामा खुट्टा चिप्लिएर लडेपछी उनी अचेत भइँन् । रक्तपात अवस्थामा भुइँमा लडेको देखेर छिमेकीले फिक्कलस्थित स्वास्थ्य केन्द्रमा पुर्याएका थिए । त्यहाँ सामान्य उपचारपछी झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा पुग्दा उनको होस आएको उनको भनाई छ ।

भाँचिएको हात र आर्थिक अवस्था बुझेर ब्याण्डेज गरेपछि बिर्तासिटीले बिराटनगरस्थित नोबेल हस्पिटलमा रेफर गरिदियो । नोबेल हस्पिटलले भाँचिएको हातमा अप्रेसनपछी स्टिल राखेर उपचार गरेको थियो । उपचारपछि घर फर्के, चुनादेबीले भनिन्,`७ वर्षको छोरालाई पालनपोषण रेखदेख गर्नैपरो ।पहाडको ठाँउमा जोगिएरै सकेको सामान्य काम गर्दै थिएँ । हस्पिटलले ३ महिनामा स्टिल खोल्न भनेको थियो । आर्थिक अभावले समयमै स्टिल खोल्न सकिँन । हातमा सिलाई गरेको ठाउँमा फोका हुँदै घाउँ निस्किन थाल्यो ।

स्थानीयले गरेको आर्थिक सहयोगको भरमा नोबेल हस्पिटल पुगेर स्टिल निकाले पनि हातमा इन्फेक्सन बढेको उपचारमा संलग्न चिकित्सकले बताए ।´ स्टिल निकालेपछी घाउँ दुख्न थाल्यो भनेपछि बिर्तामोडस्थित मानव सेवा केन्द्रका प्रोपाइटरको दाजुभाईले झापाको बिएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिदिएका थिए ।

हस्पिटलमा एमआरआई गर्दा हातबाट इन्फेक्सन फैलिंदै शरीरमा पुगेको उपचारमा संलग्न डाक्टरको भनाई छ । उपचारका क्रममा माइती पक्ष, घरछिमेकी, नातागोता, विद्यालय, वडा कार्यालय वा चिनेजानेका सबैको सहयोग र ऋण गरेको २० लाखबढी रकम पटकपटक गरी हस्पिटल र मेडिकललाई बुझाएको छु । तर, स्वास्थ्याेपचार पुर्ण पनि भएको छैन, उनले भनिन्, `मेरो उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध हुँ ।´ ४ पटक अप्रेसन त भयो, हातको हड्डीमा धेरै संक्रमण फैलिएकाले हड्डी खिइँएर सानो भएकाले कम्मरको हड्डी निकालेर नहाली नहुँने चिकित्सकले सल्लाह दिएको छ ,उनले भनिन्,`बाँचेर केही गर्ने योजना बुन्दाबुन्दै यो अवस्थामा पुगें ।´ केही वर्षअघी भारतमा पलायन भएका चुनादेबीका श्रीमान् चन्द्रप्रसाद ढुंगेल हालसम्म सम्पर्कबिहिन छ्न् ।

७ वर्षको छोरासँग भाडाको कोठामा गुजारा चलाउँदै आएकी चुनादेबीको माइतीतर्फ आर्थिक अवस्था कमजोर भएकै कारण सहयोगको यचना गरेको उनको भनाई छ ।

दुई वर्षअघि करार दरबन्दीमा स्थानीय श्री कृष्णशर्मा सेकेण्डरी स्कुलमा शिक्षण पेशा आवद्ध चुनादेबीलाई विद्यालयले २५ हजार र वडा कार्यालयले १० हजार आर्थिक सहयोग गरेको छ । दैनिक १ हजार पर्ने एउटा ट्याबलेट र भारु ७२ सय पर्ने एउटा इन्जेक्सन निरन्तर ३ महिनासम्म खानु र लगाउनु पर्ने औंषधी लेखिदिएको छ । औंषधि किन्ने सामर्थ्य छैन । अब मैले कसरी जुटाउँनु ? प्रश्न गर्दै सबैले आर्थिक सहयोग गरी मलाई बचाइदिन अपिल गरेको छु ।

उनले एक्सेल बिकास बैकको साखा इलामको खाताको नाम चुनादेबी सुवेदीको एकाउन्ट नम्बर (00201200015075000001) र फोन पेइ (Fonepay No). 9869855150 मा आर्थिक सहयोग गरिदिन आग्रह गर्दछु-उनले भनिन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *