२०८१ कार्तिक ६, १६:१८

गायिका मेनुका पौडेलले आज धुलाबारीमा प्रस्तुती दिने

झापा, ५ फागुन । झापाली गायिका मेनुका पौडेलले आज धुलाबारीमा प्रस्तुती रहेकाे छ । भारतिय टेलिभिजन रियालिटि शो इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न चर्चित गायिका पौडेलले आज मेचीनगर–१० स्थित खयरडाँगीको मंगल चोकमा हुने साँगितिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने मंगल चोक मार्ग संरक्षण समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो ।

समितिका अध्यक्ष गोकुल खड्काले गायिका पौडेल इण्डियन आइडलको सोपछि कोशी प्रदेशमा नै पहिलो पटक धुलाबारीको सांगातिक कार्यक्रममा आउने हुनु भएको बताए । आज साँझ मंगल चोकमा हुने कार्यक्रममा गायिका पौडेलसँगै मेचीनगर निवासी राष्ट्रिय कलाकार जमिन अली लगायत स्थानीय कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने आयोजकको भनाई छ ।

आयोजकले सांगातिक कार्यक्रममा गायिका पौडेलको प्रस्तुतिको अडियो–भिडियो युट्युवमा अपलोड नगर्न समेत अनुरोध गरेको छ । सोही अवसरमा समितिले गायिका पौडेललाई समितिले अभिनन्दन समेत गर्ने भएको छ । उनलाई नगदसहित सम्मान गरिने खड्काले जानकारी दिए ।

जोरसिमल एफसी र धुलाबारी एफटिसी क्वाटरफाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *