२०८१ कार्तिक ६, २०:३६

बालकल्याण माध्यमिक बिद्यालयको स्वर्ण महोत्सव तयारी पूरा

मेचीनगर । बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तयारी पूरा भएको छ ।

विद्यालयले आफ्नो स्थापनाको पचासौंँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम गरेर फागुन २ र ३ गते पहिलो र दोस्रो चरणमा सकिने गरी स्वर्ण महोत्सवका कार्यक्रमहरु सम्पन्न गर्ने तयारी गरेको हो ।विद्यालयले अन्तर विद्यालय हाजिरीजवाफ र विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको जनाएको छ ।

पहिलो चरणको कार्यक्रममा आज विहान सरस्वती पूजा गरिनेछ। त्यसपछि सांस्कृतिक प्रस्तुति, स्मारक उद्घाटन लगायत सम्मान कार्यक्रमहरू रहने छ। पहिलाे दिनकाे कार्यक्रम शिक्षक कुलमणी ‘राजेश’ भण्डारीले गर्नुहुनेछ।

त्यसतै दोस्रो दिनकाे कार्यक्रम भने  पचासौंँ बर्षमा प्रवेश गरेको मुख्य दिनकाे रूपमा रहनेछ। उक्त दिन जग्गादाताहरू, पूर्व प्रधानाध्यापकहरू, विद्यालयका उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी लगायत सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने साथै पुर्व विद्यार्थीहरुले समय दिईने, प्रधानध्यापक नारायण न्यौपानेद्वारा विद्यालयका प्रतिवेदन सार्वजनिक गर्ने र सहायक प्रअ धनराज पौडेलले स्मारिका सार्वजनिक गर्नेछन्।

कार्यक्रमको उद्घाटन झापा क्षेत्र नम्बर १ का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्नेछन् भने प्रदेश सांसद गोपाल तामाङ, नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेती,मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की,नगर शिक्षा अधिकारी होमनाथ भण्डारी लगायतको आतिथ्यता रहनेछ ।

दोस्रो दिनकाे कार्यक्रम  शिक्षक राजिव गिरी र शिक्षिका तारा पुरीले गर्नुहनेछ।

बालकल्याण माध्यमिक बिद्यालयको स्वर्ण महोत्सव तयारी पूरा

भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी

Leave a comment

Your email address will not be published. Required fields are marked *