२०८१ कार्तिक ६, २३:३६

भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जनालाई भारतीय एसएसबीद्वारा पक्राउ

झापा ।  काँकडभिट्टाबाट भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जनालाई भारतीय एसएसबीले पक्राउ गरेको छ ।

बिना कागजात अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा पश्चिम अफ्रिका सेनेगल निवासी अब्दुल्ला आबुबकर र भारतीय युवक विहार राज्यका मुकेश ठाकुरलाई नक्सलबारीको लालीजोत सीमामा तैनाथ एसएसबी टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

सेनेगलका आबुबकर विदेशी फुटबल खेलाडी हुन् । उनलाई भारतीय युवक ठाकुरले मोटरसाइकलमा हालेर भारत पु¥याएका थिए । सन् २०१९ मै नेपालको भिजा सकिए पनि आबुबकर नेपालमा बसेर फुटबल खेल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विदेशी फुटबलरलाई सीमा पार गराउने आरोपमा ठाकुरलाई पनि एसएसबीले नियन्त्रणमा लिएको छ । एसएसबीले पक्राउ परेका दुवै जनालाई नक्सलबारी प्रहरीलाई बुझाइसकेको छ । प्रहरीले दुवै जनालाई सिलगुडी जिल्ला अदालतमा पेस गरिसकेको छ ।

भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जनालाई भारतीय एसएसबीद्वारा पक्राउ

दमकमा आठ महिने बालकको पछारेर हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *