२०८१ कार्तिक ७, १७:११
#ब्रेकिङ न्युज

भोलि फागुन १ गते कुनै पनि सार्वजनिक बिदा हाेइन:गृह मन्त्रालय

गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि फागुन १ गते कुनै पनि सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो।

‘‘ २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍ले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिने गरी क्यालेण्डर नै तयार गरेको थियो। तर यता सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरिदिएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *