२०८१ कार्तिक ६, २०:३८
#ब्रेकिङ न्युज #समाज

मेची कृषक बहुमुखी सहकारी संस्थाको अध्यक्षमा पुनः हरिबहादुर बुढाथोकी

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको अध्यक्षमा पुनः हरिबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।

संस्थाको २४ औँ वार्षिक साधारणसभाबाट बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका आकांक्षी मनोज गौतमले उम्मेद्वारी फिर्ता लिएपछि बुढाथोकी सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा चयन भएका छन् भने सदस्यहरुमा सूर्य अधिकारी, साजना श्रेष्ठ, कमल थापा, माधव आचार्य, रुपसागर अधिकारी, श्यामलाल दाहाल, ऋषिप्रसाद निरौला, भवनाथ दाहाल, देवीबहादुर खड्का, नैनकला खत्री राउत र धर्मकला कोइराला सर्वसम्मत चयन भएको निर्वाचन समिति सदस्य हेमेन्द्र निरौलाले जानकारी दिए ।

३ सदस्यीय लेखा सपुरीवेक्षण समितिको संयोजकमा कमलप्रसाद बाँस्तोला चयन भए भने सदस्यहरुमा शान्ति चौधरी र हेमप्रसाद कोइराला निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *