२०८१ कार्तिक ७, १२:०५
#ब्रेकिङ न्युज

नर्थ प्वाइन्ट, गंगा मेमोरियल र अरुणोदय मावि विजयी

सुरेन्द्रनगर । मेचीनगर स्तरीय अन्तर मावि क्रिकेट प्रतियोगितामा नर्थ प्वाइन्ट, गंगा मेमोरियल र अरुणोदय माविले विजयी शुरुवात गरेका छन् ।

बालकल्याण माविको स्वर्ण महोत्सवको अवसरमा हामी स्वयंसेवी बाल क्लबद्वारा आयोजित प्रतियोगितामा मंगलबार नर्थ प्वाइन्ट, गंगा मेमोरियल र अरुणोदय मावि विजयी भएको हो ।

पहिलो खेलमा नर्थ प्वाइन्ट अंग्रेजी माविले काँकरभिट्टा माविलाई २ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काँकरभिट्टाले निर्धारित १० ओभरको खेलमा अलआउट हुँदै १ सय ७ रन मात्र बनाउन सक्यो ।

काँकरभिट्टाका विनय राजवंशीले १४ बलको सामना गर्दै सर्वाधिक ४२ रनको योगदान दिएका थिए भने कलेप राजवंशीले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन् ।

काँकरभिट्टाका ६ खेलाडी शुन्यमा आउट भएका थिए । नर्थ प्वाइन्टका नविन दासले ५ विकेट लिए । १ सय ८ रनको विजयी लक्ष्य पाएको नर्थ प्वाइन्टले ८ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो ।

नर्थ प्वाइन्टका अंकित सुनारले विष्फोटक इनिङ खेले । २२ बल खेलेका उनले ६० रनको योगदान दिए । नर्थप्वाइन्टका नविन दास म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी, दोश्रो खेलमा धुलाबारी माविलाई २८ रनले हराउँदै गंगा मेमोरियल इङ्लिस स्कुल विजयी बन्यो । टस जितेर बलिङ रोजेको धुलाबारी माविले १ सय ३३ रनको टार्गेट पाएको थियो । गंगा मेमोरियलले ६ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको धुलाबारीले सबै विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो ।

खेलको म्यान अफ द म्याच धु्रव राउत भए । त्यसैगरी, मंगलबारनै भएको तेस्रो खेलमा अरुणोदय मावि विजयी बन्यो ।

अरुणोदय माविले सूर्याेदय माविलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सूर्याेदयले निर्धारित १० ओभरको खेलमा ६ विकेटको क्षतिमा ६८ रन मात्र बनाउन सक्यो । ६९ रनको लक्ष्य पाएको अरुणोदयले ३ विकेटको क्षतिमा भेट्टायो ।खेलको म्यान अफ द म्याच सुजन प्रधान घोषित भए ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार र दोश्रो स्थान हासिल गर्ने विद्यालयले १५ हजार नगदसँगै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको समापन २७ गते हुनेछ ।

खाना अड्किएर एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *