२०८१ कार्तिक ७, ०४:०८
#ब्रेकिङ न्युज

होलिवेललाई हराउदै बाल कल्याण माविकाे सुरुवाती जित

मेचीनगर माघ २२- बालकल्याण माविको स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा सञ्चालित हामी स्वयंसेवी बाल क्लबद्वारा आयोजना गरिएको मेचीनगर नगरस्तरीय अन्तरमावि क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक बालकल्याण माविले होलिवेल माध्यमिक विद्यालयलाई आठ विकेटले हराउदै सुरुवाती जित निकालेकाे छ।
आजको खेलमा होलीबेल अङ्ग्रेजी माध्यमिक विद्यालयले पूरा १२ ओभर खेल्दै ९ विकेटको क्षतिमा ८२ रन बनाएको थियो। जवाफ ब्याटिङ गर्दै बाल कल्याण मा वि ले पाएको ८३ रनको टार्गेट आफ्नो २ विकेट गुमाएर प्राप्त गरेको हो।खेलको म्यान अफ द म्याच विजयी टिम बालकल्याण माविका आयुष खत्री भएका छन्।
क्रिकेट प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यालयलाई क्रमशः २० हजार र १५ हजार नगदसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले जानकारी दिए ।
झापाको मेचीनगर-५ मा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा फागुन २ र ३ गते भव्यताका साथ स्वर्ण महोत्सव मनाउँने  तयारी गरेकाे छ।
होलिवेललाई हराउदै बाल कल्याण माविकाे सुरुवाती जित

इन्डियन आइल सिजन १४ बाट बाहिरिएकी गायिका

होलिवेललाई हराउदै बाल कल्याण माविकाे सुरुवाती जित

युवाहरूले गरे बृन्दाबन सरसफाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *