२०८१ कार्तिक ६, २३:२४
#ब्रेकिङ न्युज

बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा फागुन २ र ३ गते भव्यताका साथ स्वर्ण महोत्सव मनाउँने

मेचीनगर, २१ माघ-झापाको मेचीनगर-५ मा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा फागुन २ र ३ गते भव्यताका साथ स्वर्ण महोत्सव मनाउँने भएकाे छ।

महोत्सवको तयारी स्वरुप आजबाट विद्यालय परिसरमा विभिन्न कार्यक्रमको शुरुवात समेत भइसकेको विद्यालय प्रांगणमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

जसअन्तर्गत आज मेचीनगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ भने भोली(सोमबार) बाट मेचीनगर स्तरीय छात्र क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । उक्त क्रिकेट प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यालयलाई क्रमशः २० हजार र १५ हजार नगदसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले जानकारी दिए ।

प्रधानाध्यापक न्यौपानेका अनुसार आज विद्यालय पसिरमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा क्रमशः बाल कल्याण मावि प्रथम, धुलाबारी मावि द्धितिय र काँकरभिट्टामा मावि तृतिय भए । उनीहरुलाई नगदसहित सम्मान गरिएको विद्यालयका सह-प्रधानाध्यापक राजीप गिरीले जानकारी दिए ।

स्वर्ण महोत्सवको अवसरमा फागुन ३ गते वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी विद्यालयलाई जग्गा दिने जग्गादाता, संस्थापक, शिक्षाप्रेमी व्यक्तित्वहरुलाई समेत सम्मान गर्न लागिएको सह-प्रधानाध्यापक गिरीको भनाई छ ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र न. १ बाट निर्वाचित सांसद बिश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहनेछ भने झापा निर्वाचन क्षेत्र न. १ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य गोपाल तामाङ, नगरपालिकाका प्रमुख उपप्रमुख लगायत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहने विद्यालयले जनाएको छ ।सोही अवसरमा विद्यालयमा गठित पूर्वविद्यार्थी समाजले पनि विद्यालयमा यसअघि अध्यापन गराउनुभएका गुरुबा-गुरुआमालाई सम्मान गर्न लागेको छ।

स्वर्ण महोत्सवकै अवसरमा विद्यालयमा निर्मित स्वणर् स्तम्भ र सरस्वती माताको मन्दिरको समेत उद्घाटन गरिनेछ भने विद्यालयको इतिहास समेटिएको स्वणर् स्मारिका प्रकाशन गरिने विद्यालयका अर्का सह-प्रधानाध्यापक धनराज पौडेलले जानकारी दिनुभयाे।

बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा फागुन २ र ३ गते भव्यताका साथ स्वर्ण महोत्सव मनाउँने

महिला सदस्यता शुल्कमा ५० प्रतिशत छुट :

Leave a comment

Your email address will not be published. Required fields are marked *