२०८१ कार्तिक ६, २०:३३
#ब्रेकिङ न्युज

थन्डर्स एफसीलाई स्तब्ध पार्दै यलम्बर एफसी च्याम्पियन

मेचीनगर । घरेलु समर्थकको साथ पाएको थन्डर्स एफसी ‘बी’ लाई पराजित गर्दै यलम्बर एफसीले उपाधि चुमेको छ ।

प्रथम टोकला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा यलम्बर एफसीले थन्डर्स एफसीलाई ३–० को गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको विजेता यलम्बर एफसीले नगद ३० हजार हात पारेको छ ।

यलम्बर एफसीका लागि बेगम गुरुङले एक र जुसाङ लिम्बूले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच जुसाङ लिम्बु घोषित भए ।

उपविजेता थन्डर्स एफसीले २० हजारसहित ट्रफी र मेडल प्राप्त गरे । प्रतियोगिताको बेष्ट गोलकिप्पर याङहाङ लिम्बु, बेष्ट डिफेन्स बगान लिम्बु, म्यान अफ द सिरिज पुरन मगर, बेष्ट स्ट्राइकरतर्फ जुसाङ लिम्बु घोषित भए ।

स्कुलडाँडा खेल मैदानमा भएको प्रतियोगिताको समापन कार्यक्रममा मेचीनगर–५ का वार्ड अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्यहरु कुन्दन निरौला, पुष्प गेलाल, मजदुर नेता तिलक दर्जी, योगेन थापा मगर, घैलाडुब्बा मन्दिर समितिको अध्यक्ष चन्द्र कोइराला, कमल पौडेल, मेचीनगर–५ का निवर्तमान वडा सदस्य दुर्गा देवकोटा, चन्द्रकला विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

थन्डर्स एफसीका अध्यक्ष पूर्ण मगरको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन विवेक कालिकोटेले गरेका थिए । त्यसैगरी, थन्डर्स एफसीकै आयोजनामा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि गंगा मेमोरियल अंग्रेजी माविले चुमेको छ ।

फाइनलमा बालकल्याण माविलाई टाइब्रेकरमा ३ का विरुद्ध ५ गोल गर्दै विजयी भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *