२०८१ कार्तिक ६, १८:१०
#ब्रेकिङ न्युज

बाहुण्डागी युवा क्लबको १० बार्षिक साधारणसभाबाट जीवन मोते अध्यक्षमा सर्वसम्वत निर्वाचित

बाहुण्डागी माघ २० –बाहुण्डागी युवा क्लबको १० बार्षिक साधारणसभाबाट जीवन मोते अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका छन्।

शनिबार सरस्वती माबिमा सम्पन्न क्लबको १० औ बार्षिक साधारणसभाले मोतेलाइ अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन्।

क्लबको उपाध्यक्षमा राजेश थापा, सचिबमा दिवस पौडेल, कोषाध्यक्ष ऐश्वर्य सुबेदी, स-सचिव सबिता कुवर सर्वसम्वत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा निरज राई, सागर कार्की, सुनिता चौधरी र अनिश काफ्ले रहेका चयन भएका छन् ।

क्लबका अध्यक्ष बिक्रम थापाको सभापतित्त्व तथा वडा अध्यक्ष अर्जुन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका पुर्व अध्यक्ष पोषक दर्जी , बाहुण्डागी जेसीजका अध्यक्ष देबु बानिया, क्लबका सस्थापक सदस्य राजेश बुढाथोकी लगायतले बोलेका थिए ।

उपाध्यक्ष जीवन मोतेले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव निकेश राज दहालले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *