२०८१ कार्तिक ६, २०:५३

१० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार आजबाट सुरू

विराटनगर । काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार साेमबारबाट सुरू भएकाे छ ।

मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नाेबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्राे अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झाैता गरेर उक्त उमेर समूहका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे हाे ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकाेटाले नाेबेल शिक्षण अस्पतालबाट साेमबार अैापचारिक रूपमा बालबालिकाहरूकाे निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् । ´प्रदेश सरकारकाे निःशुल्क उपचार सेवा काेशी प्रदेशमा स्थायी बसाेबास गर्नेले मात्रै पाउने छन्,` उनले भनिन्, ´निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै नजिककाे स्वास्थ्य चाैकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिककाे अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएकाे अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी ताेकिएकाे अस्पतालमा उपचारका लागि आउनुपर्छ ।`

निःशुल्क आकस्मिक सेवा(इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाकाे स्थायी बसाेबास भएकाे खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकाेटाले बताइन् ।

निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले ताेकेबमाेजिमकाे अैाषधीसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएकाे देवकाेटाले बताइन ।

झापाकाे भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेकाे बालराेग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरेकाे उनले सुनाइन् ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *