रङ्गीन कटन क्यान्डी बिक्री वितरणमा रोक
झापाका विभिन्न मेला, बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको हावा मिठाइ (कटन क्यान्डी) मा अखाद्य रङ प्रयोग गरिएको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट कटन क्यान्डीमा मानव स्वास्थ्यमा अवसर गर्ने अखाद्य रङ प्रयोग गरेको पुष्टि भएको हो ।
विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘खुलारूपमा बिक्री/वितरण भइरहेको रङ्गीन कटन क्यान्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ रोडा माइन बीको प्रयोग भएको पाइएको छ ।’
विभागले अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुलारूपमा बिक्री÷वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा नगराउन अनुरोध गरेको छ ।
झापाका विभिन्न ठाउँहरूका सडकपेटी, बजार, मेला लगायतमा यस्ता कटन क्यान्डी बिक्री भइरहेका छन् ।