२०८१ कार्तिक ६, २३:२८

झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीयले खाेजे जनप्रतिनिधि

झापा,माघ १३। झापा मेचीनगर वडा नं. १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय यूवाहरुले  संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक कार्यक्रम सुरु गरेका छन्।

मेचीनगर १५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल अहिले बजेटको अभावका कारणले  निर्माणको काम रोकिए पछि ज्यामिरगढी क्षेत्रका स्थानीयहरु समस्यामा परेको भन्दै उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले यूवाहरुले दबाब मूलक कार्यक्रम गरेको दाहालले बताउनु भयो ।

शनिवार बिहान स्थानीय यूवाहरुले निर्माणाधिन झोलुङ्गेमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर बिरोध जनाएको ज्यामिरगढीका यूवा जयराम दाहालले बताउनु भयो ।

प्रतिनिधि सभा सासंद शर्माले झोलुगे पुलको शिलान्यास कार्यक्रम गरेपछि अहिले यो पुलमा खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएका तथा उहाँ बेखबर जस्तो भए पछि  सासंद हराएको सूचना लेखेर ध्यानाकर्षण गरिएको कार्यक्रम सहभागी दाहालले बताउनु भयो ।

मेचिनगरका नगरप्रमुख बुढाथोकीले धेरै पटक झोलुङ्गे पुलको काम चाडै पुनः सुरु हुने आश्वासन दिएपनि काम अझै सुरु हुन नसकेको मेचीनगर १५ का स्थानीय रुही राजवंशीले बताउनु भयो ।

ज्यामिरगढीको यूवाको समूहले शनिवार बिहान संघीय सांसद शर्मा र नगरप्रमुख बुढाथोकीको फोटो सहितको प्ले कार्डमा संसाद हराएको सूचना र कहिले बन्छ पुल लेखेर प्रर्दशन गरेका हुन् ।

निर्माणाधीन पुलको काम रोकिदा बषौंदेखि जोखिम यात्रा गर्नुपर्ने बाध्यता जस्ताको तेस्तै रहने डर भएको स्थानीय प्रकाश खडका बताउनु हुन्छ ।

बर्षातको समयमा निन्दा खोलामा ठुलो भेलबाढी आउछ र बिद्यार्थीले बिधालय जान पाउदैन भने किसानले खेत जान पाउदैनन । त्यस्तै बिरामीले स्वस्थ्य चौकि जान समेत निन्दा खोलाका कारण समस्या पर्ने गरेकाले झोलुङ्गेृ पुल यस क्षेत्रका लागि नभई नहुने पुल भएको स्थानीयहरु बताउँछन् ।

संघीय सांसद शर्मा र प्रदेश सांसद गोपाल तामाङले निर्वाचित भए पछि पहिलो कार्यक्रमका रुपमा उक्त झोलुङ्गे पुलको २०७९ कार्तिक १० गते शिलान्यस गर्नु भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *