२०८१ कार्तिक ६, २०:४४

क्वार्टरफाइनलमा समीकरण पूराः लायोन र देविगञ्ज एफसी अन्तिम आठमा

माघ १३ टोकला- प्रथम टोकला नकआउट फुटबल प्रतियोगितामा लायोन एफसी र देविगञ्ज एफसी अन्तिम आठमा प्रवेश गरेका छन् ।

अन्तिम आठमा लायोन र देविगञ्ज एफसी पुगेसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो ।

शनिबार सम्पन्न पहिलो खेलमा लायोन एफसीले तुर्केनी एफसीलाई ४–३ गोल अन्तरले हराउँदै विजयी बनेको हो ।

निर्धारित समयमा २–२ गोल भएपछि खेल टाइब्रेकरमार्फत टुङ्गिएको थियो । तुर्केनीका लागि रमेश क्षेत्री, प्रमोद सापकोटा, सुवास लिम्बुले गोल गरे भने उदिप लिम्बु र राहुल राजवंशीको प्रहार लायोनका गोलरक्षक विपिन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए ।

लायोनका लागि अजय सहानी, अविनाश चौधरी, आशिष लावती र हेमन लिम्बुको पेनाल्टी गोलमा परिणत भयो भने मानव पौडेलको प्रहार बाहिरिएको थियो ।खेलमा तुर्केनीका लागि राहुल राजवंशीले पहिलो हाफको छैटौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसगरी, तुर्केनीकै रमेश क्षेत्रीले २३ औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा सुधारिएको खेल प्रस्तुत गरेको लायोन एफसीले राम्रो मुभ बनाए पनि तर्केनीका विरुद्ध गोल स्कोर गर्न सकेन । तुर्केनीका गोलरक्षक नामहोङ लिम्बुले विपक्षीको अधिकांश प्रहार विफल बनाइदिएपछि पहिलो हाफ तुर्केनीले २–० को अग्रता लिएको थियो ।

दोश्रो हाफको १८ औँ मिनेटमा आशिष लावतीले गोल गर्दै टिमलाई बराबरी नजिक पु¥याएका थिए । इन्जुरी समयमा आशिषले नै दोश्रो गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पुर्याएका थिए । टिमलाई खेलमा फर्काएका आशिष लावती म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी, शनिबार नै भएको दोश्रो खेलमा लक्ष्मीधाप एससीलाई ० का विरुद्ध २ गोल अन्तरले हराउँदै देविगञ्ज एफसी विजयी बन्यो । देविगञ्जका लागि सचिन मगर १६ औँ मिनेटमा र इन्जुरी समयमा गरी २ गोल गरेका थिए लक्ष्मीधापको गोल गर्ने प्रयासलाई देविगञ्जका रक्षापक्तिले असफल बनाएका थिए ।

थन्डर्स स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगिता माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

आइतबारदेखि क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनल थन्डर्स एफसी ‘ए’ र यलम्बर एफसीबीच हुनेछ भने दोश्रो खेल थन्डर्स एफसी ‘बी’ र नकलबन्दा एफसीबीच हुने आयोजक समितिका विवेक कालिकोटेले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *