गजल ”अरे त्यो एउटा मान्छे मात्र अमर हुन्छ”
अरे त्यो एउटा मान्छे मात्र अमर हुन्छ
जस्को जिम्मेवारी माथी पुराभर हुन्छ
तिमी खाली ढुङ्गाको मन भन्छौ प्रिय
ढुङ्गाको पनी त कत्रो बिशाल घर हुन्छ
गुडमा खेलीरहेका गौथलीलाई देख्दा
मलाई पनी अनौठो खालको रहर हुन्छ
खोइ तिमीले मुटु साटौ न भन्यौ मलाइ
म भन्छु मायामा जोखीम हुन्छ डर हुन्छ।
गजलकार : झरना दुलाल मेचीनगर २ झापा