२०८१ कार्तिक ६, १८:१३

कोसी प्रदेशमा मतदान सम्पन्न

माेरङ – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोसी प्रदेशमा मतदान कार्य सम्पन्न भएको छ।

बिहान ९ बजेबाट सुरू भएको निर्वाचनअन्तर्गत प्रदेश सभा सदस्यको ९३ मत खसेको छ।

मतदान कार्यमा खटिएका प्रतिनिधी माधवराज वाग्लेका अनुसार प्रदेश सभातर्फ सबै मत खसेको छ।

यद्यपि, स्थानीय तहबाट मोरङ ग्रामथान गाउपालिकाका जयप्रकाश गच्छदार, धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ अनुस्थित रहे।

त्यसैगरी, झापा गाउपालिका अध्यक्ष जयनारायण साहविरूद्व भ्रष्टाचार मुद्दा रहेको हुँदा निलम्बनमा छन्। उनी पनि मतदानमा अनुपस्थित रहेकाछन्।

ग्रामथानका अध्यक्ष गच्छदार बुधबार बेलुका स्वास्थ्यमा असर देखिएपछि विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचार भईरहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *