२०८१ कार्तिक ६, १६:२८

विश्व चर्चित बक्सिङ खेलाडी मेरीद्वारा सन्यास घोषणा

भारतकी विश्व चर्चित बक्सिङ खेलाडी मेरी कोमले सन्यास घोषणा गरेकी छन्।

६ पटक विश्व च्याम्पियन बनेकी कोमले एक इभेन्टका दौरान बक्सिङ खेलाडीका रूपमा आफूले विश्राम लिएको घोषणा गरेकी हुन्।

कोमले पछिल्लो पटक २०२२ मा कमनवेल्थ खेलका दौरान ट्रायलमा आफ्नो अन्तिम खेल खेलेकी थिइन्।

मेरी कोमले भनिन्, ‘मैले मेरो जीवनमा सबथोक प्राप्त गरेको छु।

मलाई अझै पनि प्रतियोगितामा भाग लिने भोक बाँकी छ, तर अन्तर्राष्ट्रिय बक्सिङ महासंघले यस्तो गर्न अनुमति दिँदैन। पुरुष तथा महिला बक्सरलाई ४० वर्षको उमेरसम्म मात्र प्रतिस्पर्धाको मौका दिने भएकाले अब मैले चाहेर पनि ठुला प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँदिनँ।’

मेरी कोम ४१ वर्षकी भएकी छन्। उनले २०१२ को लन्डन ओलम्पिकमा भारतलाई काश्य पदक दिलाएकी थिइन। साथै उनी ६ पटक विश्व बक्सिङ च्याम्पियनसमेत बनेकी थिइन्। उनी यो उपलब्धि हासिल गर्ने एक्लो महिला खेलाडीसमेत हुन्।

साथै मेरी काेम ५ पटक एसियन च्याम्पियनसमेत भएकी थिइन्। उनी यो उपलब्धि हासिल गर्ने पनि एक्लो महिला खेलाडी हुन्।

१८ वर्षको उमेरमा बक्सिङ करिअर सुरु गरेकी कोमले २००२, २००५, २००६, २००८, २०१० र २०१८ मा विश्व च्याम्पियन बनेकी थिइन्। २००८ को उपाधि जितेपछि उनले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्। त्यसपछि उनी पुन: दुई वर्षपछि २०१० मा विश्व च्याम्पियन बनिन्।

विश्व चर्चित बक्सिङ खेलाडी मेरीद्वारा सन्यास घोषणा

आजदेखि श्री स्वस्थानी व्रत प्रारम्भ

विश्व चर्चित बक्सिङ खेलाडी मेरीद्वारा सन्यास घोषणा

कोसी प्रदेशमा मतदान सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *