२०८१ कार्तिक ७, ०५:२०

मेची भन्सार कार्यालय काँकरभिट्टाको साताव्यापी कार्यक्रम सुरु

मेचीनगर- अन्तर्राष्ट्रिय भन्सार दिवस ७२ औं सन्दर्भ पारेर मेची भन्सार कार्यालय काँकरभिट्टाले साताव्यापी कार्यक्रमग सुरु गरेको छ ।

साताव्यापी कार्यक्रम अन्तर्गत सोमवार काँकरभिट्टामा सरसफाई र रक्तदान कार्यक्रम गरिएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार माघ ५ गतेदेखि सुरु कार्यक्रम अन्तर्गत भन्सार परिसरको सरसफाई र रक्तदान कार्यक्रम गरिएको हो ।

रोटरी क्लव अफ काँकरभिट्टाको संयोजन र नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५२ जनाले रक्तदान गरेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीसहित सशस्त्र, नेपाल र मेचीनगर प्रहरी, उद्योगी, व्यवसायीलगायतले रक्तदान गरेका थिए भने रक्तदाताहरुलाई रोटरी क्लव अफ काँकरभिट्टाका अध्यक्ष रुद्र मैनाली, पूर्वअध्यक्षहरु नवराज खनियाँ, अशोक श्रेष्ठ, दिलीप सुवेदी, राधिका गुरुङ, प्रोजेट चियर दिपेन्द्रराज पाण्डे, मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी लगायतले प्रमाणपत्र उपलब्ध गराएका थिए ।

हरेक वर्षको जनवरी २६ तारिखका दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको साताव्यापी कार्यक्रम सुरु

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मेची भन्सार कार्यालय काँकरभिट्टाको साताव्यापी कार्यक्रम सुरु

दुई वर्ष अघि निर्माण भएको सहिद नेत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *