२०८१ कार्तिक ७, ०२:२९

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आशंकामा कमल गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं. ५ गेउरिया बस्ने ५५ वर्षीय धनबहादुर बि.क.रहेका छन् ।

हिजो दिउँसो ४ बजेको समयमा धनबहादुरकी श्रीमती ४९ वर्षीया अम्बिका बि.क. आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

स्थानीय तथा मृतकका आफन्तले कालगतीले नै उनको मृत्यु भएको भनिएकोमा आज बिहान १०ः४५ बजे स्थानीयहरुले घटना शङ्कास्पद रहेकोले घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गरिदिन भनेपछि प्रहरीले आज दिउँसो मृतकका श्रीमान् धनबहादुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *