२०८१ कार्तिक ७, ०२:४१

रवि लामिछानेलाई कारबाही गर्न माग : नेपाल विद्यार्थी संघ

काठमाडौँ – नेपाल विद्यार्थी संघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्न माग गरेको छ।

नेविसंघले बिहीबार सहकारी विभागमा ज्ञापनपत्र बुझाउँदै लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेको हो। लामिछानेले विभिन्न सहकारीबाट करोडौँ रुपैयाँ ठगी गरेको नेविसंघको आरोप छ।

लामिछानेले ‘सुप्रिम सहकारीका बचतकर्ताको १ करोड, पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको’ समाचार सार्वजनिक भएको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न नेविसंघको माग छ।

 

बेवारिसे अवस्थामा मोटरसाइकल फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *