२०८१ कार्तिक ६, २०:५०

रुखबाट लडेर दुधे निवासी ५९ वर्षीय राई को मृत्यु

झापा । झापामा रुखबाट लडेर एशिवसताक्षी नगरपालिका- ११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राई को मृत्यु भएको छ ।

शनिबार बिहान साढे ८ बजेको समयमा घर नजिकैको सामुदायिक वनमा गएका राई रुख चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ढुण्डिराज  गिरीले जानकारी दिएका छन्।

 

 

बेवारिसे अवस्थामा मोटरसाइकल फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *