२०८१ कार्तिक ६, २०:५८
#ब्रेकिङ न्युज

संचारकर्मी अनुसन्धान मिडियाका खगेन्द्र खरो र तात्तातो खवरका भाग्य न्यौपानकाे पहलमा बालिकाहरू घर फिर्ता

झापा पुस ५ ।एउटा पत्र लेखेर मंसिर २७ गते बेपत्ता भएका मोरङको सुन्दर हरैंचाका दुइ जना बालिकाहरू संचारकर्मी अनुसन्धान मिडियाका खगेन्द्र खरो र तात्तातो खवरका भाग्य न्यौपानकाे पहलमा घर फिर्ता ल्याईएकाे छ ।

मंसिर २७ गते विद्यालय गएको भनी घरबाट हिंडेका मोरङको सुन्दर हरैंचा–६, गछियाकी १४ वर्षीया आयुष्का पोखरेल र १२ वर्षीया राधिका दर्जी बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले खोज्न सुरु गरेको थियो ।

भिडियो अनुसन्धान मिडिया युटुवमा  र सामाजीक संजाल प्रशारण भएसँगै ति ११ बर्ष र १४ बर्षका नानीहरु दार्जिलिङमा राति ८ बजे मोजा किन्दै गरेकाे अवस्थामा भारतीय प्रहरीले फेला परेका थिए।

भारतीय प्रहरीले  कोलकातास्थित महावाणिज्य दूतको कार्यालयलाई पत्राचार गरि बालिकाहरुलाई महावाणिज्य कार्यलयमा जिम्मा लगाएको थियोे ।

महावाणिज्यका सचिव सतिश थापा नेतृत्वको टोलीले उक्त दुई बालिकाहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिम्मा लगाई आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाएको छ ।

बालिकाहरुले सुन्दर हरैंचास्थित एक सुन पसलमा आफूले कानमा लगाएको सुनको मुन्द्रा राखेर ७ हजार रुपैयाँ लिएर हिडेका थिए।

परिवारका सदस्यलाई भए अरूलाई पनि हुन सक्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *