२०८१ कार्तिक ६, २१:००
#ब्रेकिङ न्युज

चिसोले उर्लाबारीमा एक जनाको मृत्यु

मोरङ-चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी–६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याँटिसे भनिने सन्तोष राईको बिहीबार बिहान मृत्यु भएको हो ।

राई लामो समयदेखि उर्लाबारी क्षेत्रमा प्लास्टिकजन्य सामग्री सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका थिए ।

इलामको चुलाचुली घर बताउने राईका आफन्तहरू सम्पर्क आएका छैनन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारी टोलीले शवलाई पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा पुर्याएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *