२०८१ कार्तिक ७, ११:१९

टिप्पर खस्दा मेचीनगरका चौधरीसहित दुईजनाको मृत्यु

 विर्तामोड-तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिप्पर सडकबाट तल खस्दा झापाका एकजनासहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा टिप्परमा सवार झापाको मेचीनगर नगरपालिका-१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मादी नगरपालिका–४ संखुवासभा घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र उमेर नखुलेका विष्णु थामी घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वसन्तपुरका अनुसार म्याङलुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुने बजारतर्फ आउँदै गरेको को. १ ख ५८२९ नम्बरको टिप्पर बुधबार बेलुका ६ः३० बजे सडकबाट १५० मिटर तल खसेको थियो ।

दुर्घटनापछि घाइतेहरुलाई उपचारका लागि वसन्तपुर अस्पताल पु-याइएको थियो ।

टिप्पर खस्दा मेचीनगरका चौधरीसहित दुईजनाको मृत्यु

पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५

Leave a comment

Your email address will not be published. Required fields are marked *