चोरी गरेको खुलासा भएपछि न्यूजिल्याण्डको सांसद गोलरिज घरमानले राजीनामा
वेलिङटन : चोरी गरेको खुलासा भएपछि न्यूजिल्याण्डको ग्रीन पार्टीकी सांसद गोलरिज घरमानले राजीनामा दिएकी छन्।
उनले बुटिकबाट लुगा र ह्यान्डब्याग चोरी गरेका तीनवटा घटना खुलासा भएपछि उनले पदबाट राजीनामा दिएकी हुन्।
अकल्याण्ड र वेलिङटनका दुईवटा महँगो कपडा पसलबाट सामान चोर्ने उनको प्रयासको सीसीटीभी फुटेज पनि बाहिर आएको छ।
राजीनामा दिएपछि घरमानले तनावका कारण चोरी गरेको बताउँदै माफी मागेकी थिइन्।