२०८१ कार्तिक ६, १८:२१

बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते

झापा-बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आयोजना गरेको शैच्छिक तथा खेलकूद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेशिनबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनको उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।

वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग छेदविछेद अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा अन्य एक जना पनि घाइते भएको  छन् ।

बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते

२० वर्षपछिको नेपाल (एउटा कल्पना)

बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते

सर्यो कोरिया जाने ‘ईपीएस’ भाषा परीक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *