२०८१ कार्तिक ६, २३:३८

अनलाइनबाटै ट्रान्सक्रिप्टको फर्म भर्न मिल्ने त्रिविमा अब, हुलाकमार्फत डेलिभरी हुने !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो ।

पनिका प्रमुख पुष्पराज जोशीले यसका लागि आवश्यक पर्ने प्रणाली तयार पारिसकिएको बताउँदै  विश्वविद्यालयका  पदाधिकारीहरूबीच इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकमा नमूना प्रदर्शन गरिने जानकारी दिए ।

जोशीका अनुसार यस प्रणालीबाट ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउन जस्ता काम गर्न सकिन्छ । “अहिले ती काम गर्न विद्यार्थीहरू बल्खु आएर बैंकमा पैसा जम्मा गर्ने, फारम भर्ने जस्ता सबै काम गर्नुपर्ने बाध्यता छ,” उनले टेकपानासँग भने, “यो प्रणाली सुरु भएपछि ती सबै झन्झट हट्नेछन् ।”

प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन भएसँगै यो काम व्यवस्थित तरिकाले चल्ने जोशीको भनाइ छ ।

सबै कुरा मिले यो प्रणाली माघको पहिलो सातादेखि सुरु हुने उनले सुनाए । साथै भविष्यमा हुलाक सेवा विभागसँग समन्वय गरेर विद्यार्थीको ठेगानामा नै प्रमाणपत्र पुर्‍याइदिने योजना रहेको उनले बताए ।

 

बलात्कार गर्ने पाँच जना पक्राउ, चार जना

Leave a comment

Your email address will not be published. Required fields are marked *