२०८१ कार्तिक ६, २३:२३

राष्ट्रिय भाक्का दिवस हर्सोउल्लासका साथ समापन

झापा, २९ पुस -झापामा राष्ट्रिय भाक्का दिवस आइतबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो।

कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले यो परिकारलाई हरेक वर्ष पुस २९ गते राष्ट्रिय दिवसका रूपमा मनाउन सुरु गरेका हुन्।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा विशेष कार्यक्रमको आयोजना गर्दै यो दिवस सम्पन्न गरिएको छ भने भद्रपुर र बाह्रदशीमा समेत भिन्ना भिन्नै कार्यक्रम गरी मनाइएको छ।

राजवंशी समुदायको मौलिक परिकार भाक्कालाई प्रवर्द्धन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको रुपमा स्थापित गर्ने उद्देश्यले राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा सातौँ राष्ट्रिय भक्का दिवस मनाएको हो।

बिर्तामोडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती नआएसँगै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले कार्यक्रमको उद्घाटन गरेका थिए।

राष्ट्रिय भक्का दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना पत्र पठाएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए।

राष्ट्रिय भाक्का दिवस हर्सोउल्लासका साथ समापन

एक महिनामा २६ जना फरार प्रतिवादी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *