२०८१ कार्तिक ६, २३:१९

मेचीनगर- ४ स्थित बाहुण्डाँगीमा आजदेखि दुई दिने तरुल महोत्सव हुँदै

झापा, २९ पुस । झापाकाे मेचीनगर- ४ स्थित बाहुण्डाँगीमा आजदेखि दुई दिने तरुल महोत्सव हुँदै छ ।

मेचीनगर नगरपालिकाको आयोजना तथा वडा नम्बर- ४ को व्यवस्थापनमा आज पुस २९ र भाेलि माघ १ गते बाहुण्डाँगीमा दोस्रो तरुल महोत्सव हुने भएको हो ।

महोत्सवको तयारी पुरा भएकाे मेचीनगर- ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । ‘बाहुण्डाँगीमा दोस्रो तरुल महोत्सव आयोजना हुँदैछ, ‘तरुल किन्न सबैलाई निम्तो गर्दछु उनले भने ।’ स्वास्थ्यका लागि अत्यन्तै पौष्टिक मानिएको तरुल खेतिलाई प्रोत्साहन गर्न र ग्रामीण जीवनशैलीलाई हौसला प्रदान गर्न तरुल महोत्सवको आयोजना गरिएको उनको भनाइ छ ।

गत बर्ष माघ १ गतेका दिन एक दिवशीय आयोजना गरिएको तरुल महोत्सव यो बर्ष दुई दिनसम्म आयोजना गर्न लागिएको छ ।

मेचीनगर- ४ स्थित बाहुण्डाँगीमा आजदेखि दुई दिने तरुल महोत्सव हुँदै

मोरङ र झापाका वनमा छावा हुर्काउँदै जङ्गली

Leave a comment

Your email address will not be published. Required fields are marked *