२०८१ कार्तिक ६, १६:२१

ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान

२८ पुष, एजेन्सी ।चीनले आफ्नो अभिन्न अंग भन्दै चेतावनी दिइरहेका बेला ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । जसमा देशका १ करोड ९५ लाख मतदाता सहभागी हुँदै छन् ।

वर्तमान राष्ट्रपति साई इङ–वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट ताइवानले नयाँ राष्ट्रपति पाउने निश्चित छ ।।

सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) ले आफ्ना नयाँ अध्यक्ष तथा वर्तमान उपराष्ट्रपति विलियम लाइलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) ले न्यु ताइपेईका मेयर होउ यु–इहलाई उम्मेदवार बनाएको छ । हौ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन् । यद्यपि उनको पार्टीले ‘चीन समर्थक’ भएको कुरा अस्वीकार गरिरहेको छ ।

केएमटीले आजको मतदानलाई ‘शान्ति र युद्धबीचको चुनाव’ भनेको छ । यस्तै ‘ताइवान पिपुल्स पार्टी’ (टीपीपी) ले को वेन–जेलाई उम्मेदवार बनाएको छ । ताइवानको यो चुनावले देशको राजनीतिक भविष्य मात्र होइन, चीनसँगको सम्बन्ध पनि तय गर्नेछ ।

चीनको परराष्ट्र मन्त्रालयले मतदानको एक दिनअघि शुक्रबार फेरि आफ्नो देशको अडान दोहो¥याउँदै ‘ताइवान चीनको हिस्सा हो र विश्वमा एक मात्र चीन रहेको’ भनेको छ ।

नेपालले थाईवान चीनको भुभाग हो भनेर बिभिन्न सन्धि गदै आएको छ।  यद्यपि चीनले पूरा नियन्त्रणमा लिन सकेको छैन।

 

ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान

झापा, मोरङ र सुनसरीमा आज भक्का दिवस

ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान

बिन्ती साकोसको १५ औँ साधारण सभा सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *