२०८१ कार्तिक ७, ०१:०४

७२ वर्षीय वृद्ध बलात्कार गरेको आरोपमा पक्राउ

मेचीनगर – ५२ वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन् ।

श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो। प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हल्दीबारीमा एउटै घरबाट दुई मोटरसाइकल चोरी

Leave a comment

Your email address will not be published. Required fields are marked *