२०८१ कार्तिक ७, ०३:३२
#ब्रेकिङ न्युज

हल्दीबारीमा एउटै घरबाट दुई मोटरसाइकल चोरी

झापाको हल्दीबारीबाट गएराति दुईवटा मोटरसाइकल चोरी भएको छ ।

हल्दीबारी गाउँपालिका– २ स्थित खासाङ्ग्वारी पश्चिम बस्ने पूर्व शिक्षक अर्जुनकुमार पौडेलको घरबाटै दुई वटा मोटरसाइकल चोरी भएको स्थानीय प्रहरीले जनाएको छ ।

उनको घरबाट मे ११ प २६०२ नम्बरको रातो रङ्गको सुपर स्पेलेन्डर र  मे १२ प २२४० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो ।

मोटरसाइकल चोरी भएसँगै पीडितले प्रहरीमा उजुरी दिएको बताइएको छ ।

हल्दीबारीमा एउटै घरबाट दुई मोटरसाइकल चोरी

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता

Leave a comment

Your email address will not be published. Required fields are marked *