२०८१ मंसिर १३, २२:३४

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेको थियो ।

सो दिन सुन एक लाख १८ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको भाउ भने स्थिर रहेको माहासंघले जनाएको छ।

बिहीबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि बुधबार पनि सोहीमूल्यमा चाँदीको कारोबार भएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *