२०८१ कार्तिक ६, १९:१३

ऐन बन्न नसक्दा संघीयता कार्यान्वयन भएन :राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

चितवन- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्त्वपूर्ण ऐन बन्न नसक्दा संघीयता पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको बताएका छन्।

सञ्चारकर्मीसँग चितवनमा आज (बुधबार) कुराकानी गर्दै उनले संघीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताए।

‘हिउँदे अधिवेशनमा ती ऐन बन्ने विश्वास छ, त्यसपछि संघीयता पूर्णरूपमा कार्यान्वयनमा आउँछ,’ उनले भने। स‌ंघीयताका धेरै विषय कार्यान्वयनमा आइसकेको उनले बताए।

प्रहरी समायोजनसम्बन्धी ऐन, निजामती सेवा ऐन र शिक्षा ऐन बन्न नसक्दा समस्या भएको अध्यक्ष तिमिल्सिनाले बताए।

Leave a comment

Your email address will not be published. Required fields are marked *