२०८१ कार्तिक ६, १९:२९

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट चयन हुने

कोशी प्रदेशको सभामुखमा प्रमुख प्रतिपक्ष दल एमालेले उम्मेदवारी नदिने निर्णय गरेको छ।

मंगलबार बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्टलाई समर्थन गर्दै आफूले उम्मेदवारी नदिने निर्णय गरेको हो।

प्रमुख सचेतक रेवतीरमण भण्डारीले गठबन्धन बाहिरको उम्मेदवार भएकोले विष्टलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए।

यससँगै राप्रपा प्रदेशसभा सदस्य विष्ट सभामुखमा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।

कोशीको सभामुख चयनका लागि मंगलबार दिउँसो ३ बजेलाई निर्वाचन समय तोकिएको छ।

सभामुखका लागि सत्ता गठबन्धले विष्टलाई अघि सार्ने निर्णय गरेको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *