२०८१ मंसिर १३, १८:४३

राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध दाबी विरोध दिन सकिने

काठमाडौं-राष्ट्रियसभा निर्वाचनका लागि सोमबार परेका उम्मेदवारीविरुद्ध मंगलबार निर्वाचन आयोगमा दाबी विरोध तथा उजुरी दिन सकिन्छ ।

आयोगले हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको जनाएको हो ।

आयोगका अनुसार आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारविरुद्ध परेको उजुरीमा पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

१९ सिटका लागि हुने निर्वाचनमा यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगले पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।

राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध दाबी विरोध दिन सकिने

५७ लाख २४ हजार मेट्रिक टन धान

Leave a comment

Your email address will not be published. Required fields are marked *