२०८१ कार्तिक ६, १६:२९
#बैंक #ब्रेकिङ न्युज #समाज

नकलबन्दा साकोसको १६ औं सभा सम्पन्न, उपाध्यक्षमा माया प्याकुरेल

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नकलबन्दा समाज विकास समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि कार्यसमितिको उपाध्यक्षमा माया प्याकुरेल निर्वाचित भएकी छिन् । सदस्यहरुमा नारायण खड्का, तारा बस्नेत आचार्य, माया गेलाल, हिरालाल शर्मा पुरोहित, भानुभक्त गौतम र रुद्रमाया शिवाकोटी निर्वाचित भएका छन् भने सचिव कार्यालय प्रमुख पदेन सदस्य रहने निर्वाचन समिति संयोजक प्रकाश खड्काले जानकारी दिए ।

निर्वाचन समितिको सदस्यहरुमा कमला बस्नेत र संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवर रहेका छन् ।
अध्यक्ष पदका लागि २ जनाको उम्मेद्वारी परेपछि सहमति, सहकार्य गरी उम्मेद्वारी फिर्ताका लागि निर्वाचन समितिले एक हप्ताको समय तोकिएको जनाएको छ ।

त्यसैगरी, टेकबहादुर धिमालको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिबेक्षण समिति निर्वाचित भएका छन् । सदस्यहरुमा प्रज्वल बस्नेत र अन्जु थापा रहेका छन् ।

संस्थाका अध्यक्ष होमराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर ५ का वडा अध्यक्ष कनकबहादुर कार्की, मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विकास देवकोटा, मेचीनगरकी कार्यपालिका सदस्य माया प्याकुरेल, पूर्व अध्यक्ष विष्णुप्रसाद चम्लागाई, मेघराज गेलाललगायतको आतिथ्यता रहेको थियो ।

साधारणसभामा दर्जनौ शेयर सदस्यलाई सम्मान गरिएको थियो । संस्थाले उत्कृष्ट बचतकर्तातर्फ मनिषा चौधरी, सपना राजवंशी र रनमाया दुङमालीलाई, उत्कृष्ट बाल बचतकर्तातर्फ रियासा प्याकुरेल, उत्कृष्ट ऋणीतर्फ धनप्रसाद धिमाल, लक्ष्मीमाया राई, उत्कृष्ट कर्मचारीतर्फ अनिल खडिया र कल्पना बानियाँलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी, उत्कृष्ट सञ्चालकतर्फ संस्थाका तेजकुमारी थापा, अक्षयकोष दाता मेघराज र कमला गेलालबाट जेष्ठ नागरिक बचतकर्तातर्फ सुबु राजवंशी, नेत्रदेवी ओली, तथा अक्षयकोष दाता होमराज र दिपिका गुरुङबाट अति विपन्न जेष्ठ नागरिक बचतकर्तातर्फ इतवारी उराँवलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, अक्षयकोष दाता होमराज र दिपिका गुरुङबाट उत्कृष्ट कृषक बचतकर्तातर्फ सेकेन धिमाल, मेची आधारभूत निमाविमा अध्ययनरत संस्थाका सदस्यका जेहेन्दार छोराछोरी मध्येबाट रितिका राजवंशी तथा संस्थाका सदस्यका छोराछोरी मध्येबाट एसईईमा उत्कृष्ट अंक ल्याई गंगा मेमेरियल अंग्रेजी स्कुलबाट उत्तीर्ण हुने शोभा चौहानलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाद्वारा उत्कृष्ट टोल विकासतर्फ बद्री एकता टोललाई तथा अर्जुन आचार्य, अविनास राना मगरलाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

संस्थाले सहकारी सुपथ कृषि पसल सञ्चालनमा ल्याएको छ । संस्थाले सदस्य मृत्यु राहत सहयोग, सदस्य परिवारमा राहतसहित समवेदना, सुत्केरी पोषण कार्यक्रम, मुटु तथा मृगौला उपचार सहयोग कार्यक्रम, रेमिट्यान्स सेवा सञ्चालन गर्दै आइरहेको संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवरले जानकारी दिए ।
संस्थाका व्यवस्थापक महेन्द्र बहादुर कुँवरले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशरप्रसाद तिम्सिनाले गरेका थिए ।

संस्थाको शेयर पूँजी ७६ लाख २९ हजार ५ सय रुपैयाँ रहेको छ भने संस्थाले ३ करोड ७३ लाख २५ हजार ४ सय ३० रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले १ लाख ६४ हजार ३ सय ५६ रुपैयाँ नाफा आर्जन गरेको छ भने संस्थाको ५ करोड ७० लाख ३ हजार ८ सय ७२ को वासलात रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘भ्वाइस’को पाँचौ सिजनले पायो ४ फाइनलिस्ट

1 Comment

  1. cialis for sale online

    cialis for sale online

Leave a comment

Your email address will not be published. Required fields are marked *