२०८१ कार्तिक ६, २०:५१

‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्रान्ड फिनाले पुस २७ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्रान्ड फिनाले आगामी पुस २७ गते शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ ।

फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् ।

टिकट किन्न खल्तीको इभेन्ट सेक्सनमा गई खरिद गर्न सकिनेछ । भ्वाइसको पाँचौं सिजनले यो सप्ताहन्तको लाइभ राउण्डबाट चार जना फाइनलिस्ट पाउँदैछ ।

कुमार प्रयास र विनोद राई फाइनल चरणमा प्रवेश गरिसकेका छन् ।

शुक्रबार र शनिबारका एपिसोडबाट मकर, मोनिका, तेन्जिङ र नोगेनमध्ये दुईजना फिनालेमा प्रवेश गर्नेछन् । त्यसपछि फिनाले समीकरण तयार हुनेछ ।

भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्रान्ड फिनाले पुस २७ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने

यस्तो रहनेछ आजको मौसम, तराईका केही स्थानमा

1 Comment

  1. cialis dose
    10th Feb 2024 Reply

    cialis dose

    cialis dose

Leave a comment

Your email address will not be published. Required fields are marked *