२०८१ कार्तिक ६, २०:३९
#ब्रेकिङ न्युज

मेचीनगर–८ सुन्दर टोलमा आगलागी :२ लाख ३० हजार बराबरको क्षति

मेचीनगर । मेचीनगर–८ सुन्दर टोलको केशवप्रसाद तिम्सिनाको टिनको छानो भएको गाई गोठमा  खोले पकाउने क्रममा बिहीबार राती आगलागी २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट गाई गोठमा बाँधेको एउटा बहर, दुई वटा गाई आगोले जलेर घाइते भएको, गोठमा रहेको काठ पात र गोठ आंशिक रुपमा क्षति हुँदा २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागी भएको खबर पाउन साथ इलाका प्रहरी कार्यालय नकलबन्दा प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी, स्थानियबासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

बलात्कारको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *