२०८१ कार्तिक ६, २०:५९

४ जना युवा खुकुरीसहित पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर स्टेण्डबाट ४ जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । भद्रपुर स्टेण्डमा ग्याङ फाइट भएको सूचना लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरुलाई नियन्त्रण लिएको जनाएको छ ।

झापा प्रहरीका अनुसार ४ जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ । प्रहरीले समयमै युवाहरु नियन्त्रणमा लिएका कारण ठुलो दुर्घटना टरेको छ । युवाहरुबीच गाडिभित्र झगडा सुरु भइसकेको स्थानीय प्रत्यक्षदर्शी बताउछन् ।

पक्राउ परेका युवाहरुको नामहरु खुलाइएको छैन । संभवतः उनीहरु बिर्तामोडमै अध्ययनरत कलेजका विद्यार्थीहरु हुन सक्ने प्रहरीको भनाई छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *